डलर घट्यो, सुन बढ्यो

अमेरिकी डलरमा झन्डै दुई महिनाकै अवधिमा ठूलो एक दिने गिरावट आएको छ । अमेरिकाले चीनसँग व्यापार युद्ध सुरु गर्न सक्ने चिन्ता र फेडको परिदृश्यप्रतिको शंकाका कारण अमेरिकी डलरको अवमूल्यन भएको हो ।
अन्य प्रमुख मुद्राहरुको विनियममा डलर सूचक ०.७७ प्रतिशतले न्यून कायम भएर ८९.६७ कायम भएको छ । यो गिरावट जनवरी २४ देखिकै ठूलो गिरावट हो । उक्त दिन डलर सूचकमा १ प्रतिशतको गिरावट आएको थियो ।
डलर ओरालो लागेसँगै सुनको मूल्य भने उकालो लागेको छ । अप्रिल आपूर्तिको सुनको मूल्यमा १.६ प्रतिशतले वृद्धि भई प्रति औंश १ हजार ३ सय ३३ डलर कायम भएको छ ।
फेडले अपेक्षा अनुसारनै व्याज दर चौथाई विन्दुले बढाएको छ । फेडले आगामी वर्ष र त्यसपछिका वर्षहरुमा पनि व्याज दर थप बढाउन सक्ने प्रक्षेपण गरिएको छ । दीर्घकालिन व्याज दर २.९ प्रतिशतले बढ्न सक्ने अपेक्षा गरिएको छ । यो अघिल्लो २.७५ प्रतिशतको तुलनामा बढी हो ।
“यो आक्रामक वृद्धि जस्तो देखिएको छ,” मोर्गान स्ट्यानलीका उदीयमान बजार रणनीतिकार आन्द्रेज जेमीले बताए । तर फेड अध्यक्ष पावेल आक्रामक वृद्धिका लागि अनकनाएका थिए ।फेडले आफ्नो आर्थिक प्रक्षेपण पनि बढाएको छ । तर फेड कहिले वास्तवमै उच्च दीर्घकालिन दरमा पुग्छ भन्ने विषय अझै अस्पष्ट देखिएको छैन ।पावेलले पत्रकारहरुलाई छोटो जानकारी गराएपछि डलरको आधार धरमराएको छ ।

No comments

Theme images by nicodemos. Powered by Blogger.