स्थानिय तहलाई सहकारी हस्तान्तरण

स्थानिय तहलाई सहकारी हस्तान्तरण गर्ने क्रममा दोलखामा पनि सहकारीको फाइल हस्तान्तरण प्रकृया सुरु भएको छ ।
डिभिजन सहकारी कार्यालय दोलखाले सहकारीका अभिलेख हस्तान्तरण तथा स्थानिय तहका पदाधिकारीहरुलाई सहकारी अभिमूखीकरण कार्यक्रम गरी फाइल हस्तान्तरण गरेको हो ।

कार्यक्रममा दोलखाका २ नगरपालिका र ७ गाँउपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई सहकारीको अभिलेख वुझाएको छ । कार्यक्रममा दोलखाका सांसद पार्वत गुरुङले केन्द्रिय सरकार बलियो बनाउन स्थानीय सरकार बलियो हुनु पर्ने विचार राखेका छन् । सांसद गुरुङले ऐन कानुन निर्माण गर्दा स्थानीयतहका जनप्रतिनीधिको ठूलो भूमीका रहने बताए । उनले सहकारीको माध्मबाट नै गरीवी निबारणमा ठूलो टेवा पुगेको भन्दै अब स्थानीय तहले सहकारीको व्यवस्थापन तथा नियन्त्रण गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।

सहकारी विभागका उपसचिव कृष्ण प्रसाद पुडाँसैनीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख डवल पाण्डे, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाइ, तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेले लगाएतको उपस्थिति रहेको थियो । सहकारी विभागका उपसचिव कृष्ण प्रसाद पुडासैनीले सहकारीता, सहकारी संस्थाका विशेषता र स्थानीय विकासमा महत्वको विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

संघिएताका कार्यान्वयण पछि बनेको सहकराी ऐन २०७४ अनुसार सहकारी संघ \संस्थाको दर्ता खारेजी, नियमण, संरक्षण र प्रबद्र्धनको अधिकार स्थानिय सरकार संगनै रहेकाले सोहि ऐन कार्यान्वयनको लागि सहकारीका अभिलेखहरु हस्तान्तरण गर्न सुरु गरिएको डिभिजन सहकारी कार्यालय दोलखाले जनाएको छ । दोलखामा विभिन्न ५२३ वटा सहकारी संघ÷संस्थाहरु रहेका छन ।

No comments

Theme images by nicodemos. Powered by Blogger.