७५ वटै जिल्लामा रहेको जिल्ला कृषि कार्यालय पुस महिनाभित्रै बन्द हुने


७५ वटै जिल्लामा रहेका कृषि विकास कार्यालयहरु पुस महिनाभित्र पूर्णरुपमा बन्द हुने भएका छन् । जिल्ला कृषि कार्यालयहरु बन्द भएपछि
ति कार्यालयबाट हुँदै आएका काम अब स्थानीय तहबाट हुनेछन् ।
जिल्ला कृषि कार्यालय बन्द गर्ने तयारी अन्तिम चरणमा पुगेको कृषि मन्त्रालयका सचिव डा। सुरोज पोख्रेलले जानकारी दिए । जिल्लामा रहेका कृषि सेवा केन्द्रहरु भने यसअघि नै बन्द भइसकेका छन् ।
तराई मधेसमा  ४, पहाडमा ६ र ४ वटा  हिमाली जिल्लाहरुमा सेवा कार्यालयहरु भने बन्द भइसकेका छन् । अब दोस्रो चरणमा जिल्ला कार्यालयहरु बन्दको तयारी भइरहेको छ ।

Source: News24

No comments

Theme images by nicodemos. Powered by Blogger.